फार्मका बारेमा

सृजना फार्म विभिन्न क्षेत्र तथा पेशामा आबद्ध रहेर “शहरीया जीवन” तथा जीवन यापनका लागि अपनाइएको पेशासँग थोरै असन्तुष्टि बोकेका (विदेश जान नचाहने?) ५० जना उत्साही युवा/युवतीहरूको “भावनात्मक अभिव्यक्ती” हो। कम्पनीका रूपमा दर्ता गरिएको यो फार्मको मूल उद्देश्य नाफा कमाउनु रहेपनि प्रकृतिसँग नजिक रहेर रासायनिक मलको प्रयोग नगरी स्थानीयतामा आधारित गुणस्तरीय खाद्य सामग्री उत्पादन गर्ने र त्यसका लागि आवश्यक पशुपालन तथा खेती-पाती गर्ने कामलाई यसले प्राथमिकतामा राखेको छ। तथापि स्थानीय स्तरमा प्रयोग भएका सबैखाले परम्परागत खेतीपाती र पशुपालन प्रविधीमा सम्भव भएसम्म सुधार गर्ने वा उन्नत बनाउने र प्रयोग गर्ने हाम्रो प्रयास भने जारी रहनेछ।

फार्मले विज्ञहरूसँगको परामर्श पछि १०० प्रतिशत बोयर बाख्रा र १०० प्रतिशत खरी बाख्राको क्रसबाट “नेपाली बोयर” जातको सन्तान उत्पादन तथा बिक्री गर्न शुरू गरेको हो। यसरी उत्पादित हुने बाख्रामा ५०% बोयर जातको र ५०% खरी जातको गुण तथा विशेषताहरू आउने सम्भावना रहन्छ। यसरी काम गर्दा सिधै १००% बोयर बाख्रा तथा बाख्रीहरू आयात गरेर त्यसबाट सन्तान उत्पादन गर्दा भन्दा धेरै समय लाग्ने भए दिगो रूपमा सन्तान वृद्धि गर्न सकिने, रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने, यहाँको हावा-पानी, चरणसँग मेल खाने भएकाले फार्मले यो बाटो रोजेको हो। फार्मले पहिलोपटक ५०% मात्र हुने गरी बोयरका बच्चाहरू जन्मिएपछि विस्तारै त्यसलाई बढाउँदै लग्ने नीति अबलम्बन गरेको छ। हाल फार्मसँग बोयर र खरी तथा जमुनापारीका क्रस बाख्राहरू (५०%) २० वटा छन् भने ७५% का बाख्राहरू १० वटा र २५% का बाख्राका संख्याहरू १५ रहेका छन्।

पाठीहरूको बिक्री वितरण गरिएको छैन भने बोकाहरूको बिक्रीलाई खुला गरिएको छ। जसको मुल्य यसरी निर्धारण गरिएको छ।

फार्ममा गाई पालन गरिएपनि तुरून्तै गाई बिक्री गर्ने उद्देश्य राखिएको छैन। अहिले गाईको दूधबाट पनिर तथा चीज उत्पादन गर्ने काम शुरू भएको छ। पाहुनाहरूका लागि चीजको मूल्य प्रति किलो १०००/- तोकिएको भएपनि यसको उत्पादन व्यापक नभइसकेकाले बजारमा पुगिसकेको छैन।

फार्ममा तरकारी खेती, विभिन्न जातका हर्ब्स तथा फलफुलहरूको खेती शुरू भइसकेको छ। यसबाट बिक्री तथा वितरणका लागि पुग्ने गरी यथेष्ट उत्पादन शुरू नभएपनि पाहुनाहरूको आवश्यकता अनुसारको उत्पादन भने शुरू भइसकेको छ। स्थानीय स्तरमा उपलब्ध हुने लिची, सुन्तला, अमिलो, नासपाती, खुर्पाने, आलुबोखडा, बेलौती (अम्बा), काफल, किम्बु, ऐसेलु बाहेक अंगुर, अनार, एभोकार्डो जस्ता फलफुलहरू उत्पादन गर्ने तयारी पनि पुरा भइसकेको छ।